Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

दशैंका लागि नयाँ नोट साट्न पाइने, कहाँबाट कसरी लिने ?

दशैंका लागि नयाँ नोट साट्न पाइने, कहाँबाट कसरी लिने ?


  • 6.1K
    Shares

    दशैंका लागि नयाँ नोट साट्न पाइने, कहाँबाट कसरी लिने ?
    images

    काठमाडौं । दशैंका लागि नयाँ नोट साट्न पाइने भएको छ । सोमबारदेखि सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न पाउने भएका हुन् ।

    नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था कायम गरेको जानकारी दिएको छ ।

    कोरोना महामारीलाई ध्यानमा राख्दै जनस्वास्थ्यका मापदण्ड अपनाउँदै राष्ट्र बैंकले ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने तयारी गरेको जानकारी दिएको छ ।

    राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्नेछन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकले जानकारी दियो ।

    बैंकहरुले प्रधान कार्यालय वा अन्य तोकिएका कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा दिनेछन् । राष्ट्र बैंकले भने सोमबारदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने बताएको छ ।

    साथै, केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् । राष्ट्र बैंकले १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँको नोटहरु वितरण गर्ने तयारी गरेको छ ।

    त्यसबाहेक अन्य खर्च समेत असोज र कात्तिकमा धेरै हुने भएकाले ५ सय र १ हजार दरका नोटहरु पनि बजारमा ठूलै मात्रामा पठाइएको उहाँले बताउनुभयो । राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको भने थिएन ।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १२:११:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij