Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो, विनियोजन विधेयक पारित गर्ने तयारी

एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो, विनियोजन विधेयक पारित गर्ने तयारी


  • 4.2K
    Shares

    एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो,  विनियोजन विधेयक पारित गर्ने तयारी
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार पाँचौँ दिन पनि प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेको छ । 

    सोमवार प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा गएर नाराबाजी गरेका हुन् । एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले भने संसद्को कारवाही अगाडि बढाएका छन् ।

    माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै सभामुखप्रति एमाले आक्रोशित बनेको छ । 

    यसअघि भदौ २३ गते बुधवार, २५ गते शुक्रवार र २७ गते आइतवार र २९ गते मंगलवार एमालेले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको थियो ।

    विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ । सरकारले भदौ २५ गते पेश गरेको विनियोजन विधेयक सोमवार पारित गर्ने सरकारको तयारी छ ।

    त्यसअघि प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित शीर्षकमाथि एकमुष्ट छलफल गर्ने कार्यसूची छ । सोमवार विनियोजन विधेयक पारित भए पनि समग्र बजेट पारित गर्न भने केही दिन लाग्ने भएको छ ।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - ११:३४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij