Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सभामुखविरूद्ध ओलीले दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा

सभामुखविरूद्ध ओलीले दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा


  • 3.5K
    Shares

    सभामुखविरूद्ध ओलीले दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ ।

    माधव कुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीमा सभामुखको भूमिका र निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोगलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा हुने भएको हो ।

    कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

    एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाए पनि नयाँ दल दर्ता भएपछि मात्रै सभामुखले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँस गरेका थिए । सोही विषयलाई लिएर एमालेले संसद बैठक लगातार अवरोध गर्दै आएको छ ।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - ११:२९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij