Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आजदेखि भेरोसेलको पहिलो डोज लगाइँदै, कुन जिल्लामा कसले पाउँछन् ?

आजदेखि भेरोसेलको पहिलो डोज लगाइँदै, कुन जिल्लामा कसले पाउँछन् ?


  • 4.9K
    Shares

    आजदेखि भेरोसेलको पहिलो डोज लगाइँदै, कुन जिल्लामा कसले पाउँछन् ?
    images

    सरकारले सोमबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन शुरु गरेको छ । खोप अभियान असोज १४ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    खोप दिनका लागि जिल्लाअनुसार उमेर समूह छुट्ट्याइएको छ । अहिलेको अभियानअन्तर्गत चारवटा उमेर समूहलाई जिल्लाअनुसार खोप दिन शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिन शुरु गरिएको छ ।

    काभ्रे र चितवनमा ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिन शुरु गरिएको छ ।

    काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिन शुरु गरिएको छ ।

    यीबाहेक अरू ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूवबाहेकका जिल्लामा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिन शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - ११:२५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij