Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एमाले निकट कर्मचारी संगठन फुट्यो

एमाले निकट कर्मचारी संगठन फुट्यो


  • 5.9K
    Shares

    एमाले निकट कर्मचारी संगठन फुट्यो
    images

    काठमाडौं । एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन फुटेको छ । एक पक्षले अर्काेलाई कारबाही गरी आफुलाई आधिकारिक घोषणा गरेका छन् ।

    माधव नेपाल निकट कर्मचारी नेताहरुले आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष केदार देवकोटा लगायतलाई कारबाही गरेर महासचिव रेवन्त गौतमलाई अध्यक्षमा घोषणा गरेको छ । साथै आधिकारिक ट्रेड यूनियनको अध्यक्षमा मोहन घिमिरेलाई पठाउने निर्णय गरेको छ ।

    केदार देवकोटा पक्षले भने आधिकारीक ट्रेड यूनियनबाट सबैलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेके थियो । तर, यसरी फिर्ता बोलाउँदा दुई तिहाई चाहिने भएकाले त्यस निर्णयको आधिकारीतामा प्रश्न उठ्ने अवस्था छ ।

    शनिबार दुवै पक्षले समानान्तर भेला गरेका थिए । दुवै पक्षले आफुसँग बहुमत रहेको दाबी गरेका छन् । २०५४ सालमा एमाले फुट्दा संगठनमा भने एकता थियो । यसपटक भने संगठन फुटेको छ ।

    माधव नेपाल पक्षको प्रेस बिज्ञप्ती

    1.jpg

     

    2.jpg

     

    3.jpg

    प्रकाशित मिति :आश्विन ३ २०७८ आइतवार - १६:५६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij