२०८२ भाद्र २ गते सोमवार
अमेरिका । अमेरिकामा बुधवार एकैदिन अस्पतालमा भर्ना हुनेको संख्या तीव्र रुपले बढेको छ । अमेरिकामा बुधवार १ लाख १९ हजार भन्दा बढी मानिस अस्पतालमा भर्ना भएका छन् ।
सीएनएनले कोरोना ट्रेकिङ प्रोजेक्ट (सीटीपी) का अफिसरले दिएको जनाउँदै यो जानकारी दिइएको हो । लगातार २२ औँ दिनमा अमेरिकामा कोरोना संक्रमितहरु अस्पतालमा भर्ना भएकाको संख्या १ लाख भन्दा बढी रहेको छ ।
यो भन्दा पहिला मंगलवार १ लाख १७ हजार संक्रमित अस्पताल भर्ना भएको थियो । अमेरिकाको क्यालिफोर्नियाको अवस्था सबैभन्दा नाजुक रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij