Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

संविधान दिवस : शर्माले सार्वजनिक गरे यस्तो अवधारणा (अवधारणासहित)

संविधान दिवस : शर्माले सार्वजनिक गरे यस्तो अवधारणा (अवधारणासहित)


  • 4.4K
    Shares

    संविधान दिवस : शर्माले सार्वजनिक गरे यस्तो अवधारणा  (अवधारणासहित)
    images

    नेपाली काँग्रेसको आगामी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका नेता विश्व प्रकाश शर्माले आफ्ना अवधारणा सार्वजनिक गरेका छन् ।

    संविधान दिवसको दिन पारेर शर्माले आफ्ना अवधारणा सार्वजनिक गरेका हुन् । शर्माले २४ बुँदा समेटेर सार्वजनिक गरेका अवधारणामा राजनीतिक छविमा पुनर्ताजगीको आकांक्षादेखि राजनीतिले अव क्रान्तिको भाषा परिवर्तन गर्नुपर्ने सम्म रहेका छन् ।

    ‘राजनीतिक परिवर्तनको नेतृत्व दलहरुले गरे, राजनीतिमा परिवर्तन दलहरूको भित्रको परिवर्तनबाट प्रारम्भ हुन्छ । छलफलका प्रस्तावित यि बुँदासँग राजनीतिमा परिवर्तन गर्ने अन्य कयौ विषय तथा सवालहरू हुन सक्दछन् र छन्’, शर्माले आफ्नो अवधारणामा भनेका छन्, ‘जसलाई बहसको केन्द्रमा थप जोड्दै जानु जरुरी छ, ताकी बहसको कारखानाबाट रुपान्तरणको नविन औजारको उत्पादन गर्न सकियोस् ।’

    त्यस्तै उनले राजनीतिमा परिवर्तनको एजेण्डा उठाउनुको अर्थ हो, मूल सङ्लो त समग्र सङ्लो भन्ने मान्यतालाई अघि सारेका छन् । ‘संसारमा जतिसुकै सुन्दर राजनीतिक प्रणाली किन नहोस जनताको हित र देशको प्रगती प्रणाली मात्रैमा होईन त्यसका सञ्चालकहरुको प्रवृत्तिमा बढी निर्भर हुन्छ । त्यसैले नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुँदै गर्दा म सबैको ध्यान यसतर्फ आकर्षित गर्न चाहन्छु । नेपाली कांग्रेसका सदस्यलाई मात्र होईन यो हरेक राजनीतिक दलको सदस्यका लागि पनि हो’, शर्माले भनेका छन् ।

    यस्तो छ शर्माको अवधारणा: 

    प्रकाशित मिति :आश्विन ३ २०७८ आइतवार - १४:५१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij