Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कर्णालीकै सर्वोत्कृष्ट प्रहरी बने नारायणप्रसाद शर्मा

कर्णालीकै सर्वोत्कृष्ट प्रहरी बने नारायणप्रसाद शर्मा


  • 4.1K
    Shares

    कर्णालीकै सर्वोत्कृष्ट प्रहरी बने नारायणप्रसाद शर्मा
    images

    कर्णाली प्रदेश कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक नारायणप्रसाद शर्मा कर्णालीकै साउन महिनाको सर्वोत्कृष्ट प्रहरी बनेका छन् । इलाका प्रहरी कार्यालय जयनगर, बर्दिया दरबन्दी भई कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक शर्मा साउन महिनाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

    नेपाल प्रहरीको विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील भएर कर्तव्य निर्वाह गरेकाले उनलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै यस कार्यालयको मातहत जिल्लाहरूमा समेत अपराध नियन्त्रण, लागू औषध बरामद र फरार प्रतिवादी पक्राउ गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारणले शर्मा सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

    नागरिकमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेका शर्मालाई उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै २०७८ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शर्माले सर्वोत्कृष्ट प्रहरी घोषणाबाट आफूलाई आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रेरणा थपिएको प्रतिक्रिया दिएका छन् ।

    प्रकाशित मिति :आश्विन ३ २०७८ आइतवार - १४:४४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij