२०८२ भाद्र २ गते सोमवार
स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिए पछि शिक्षा मन्त्रालयले चासो ब्यक्त गरेको छ।
सरकारले गत जेठ १५ गते घोषणा गरेको ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि उनीहरू आन्दोलित भएका हुन्।
ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ। सरकारले स्थानीय तहलाई दिइने अनुदान कटौती गरेर भएपनि ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालय मार्फत तलब खुवाउन अर्थ मन्त्रालय संग छलफल शुरु गरेको शिक्षा मन्त्रालय श्रोतले बताएको छ। बजेट विधयेक पास भए पछि दशैँ अगावै ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब उपलब्ध गराउने गरि तयारी थालेको मन्त्रालयको उच्च श्रोतले बतायो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij