Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

यी ६ चिज भए जीवनमा कहिल्यै दुःख भोग्नु पर्दैन !

यी ६ चिज भए जीवनमा कहिल्यै दुःख भोग्नु पर्दैन !


  • 12.6K
    Shares

    यी ६ चिज भए जीवनमा कहिल्यै दुःख भोग्नु पर्दैन !
    images

    सुख पाए मात्तिने दुःख पाए आत्तिने गर्नु हुँदैन । जीवनमा आउने सुखदुःख त केवल क्षणिक मात्रै हो । त्यसै प्रसङ्गमा महाभारतमा विदुरले भनेका छन्, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ ।


    धन:
    सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ ।


    निरोगी शरीर:
    जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने तपाई राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ ।

    सुन्दर पत्नी:
    सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको बाहिरीयासँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ ।

    मीठो बोल्ने पत्नी:
    सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदी नमीठो बोल्ने श्रीमती घरमा छन भने दिनहू घरमा विवाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ ।

    आज्ञाकारी पुत्र:
    वर्तमान समयमा सबैभन्दा ठूलो समस्या सन्तान हो । सन्तान यदी गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ । सन्तान विद्वान् हुन भनेको ठूलो सुख हो । त्यसैले सन्तानको उच्च शिक्षाको लागि महात्मा विदुर– भन्छन् सज्जन सन्तान हुने जो कोहीले पनि दुख कहिल्यै भोग्नु पर्दैन ।

    धन पैदा गर्ने विद्या:
    तपाई सँग यस्तो ज्ञान हुनु पर्यो जसले भएको धन नष्ट पनि नहोस् र काम पनि बनोस् । यदि तपाईंसँग पैसा छैन तर कला छ भने तपाई त्यसप्रकारका कामहरू गर्न सक्नु हुन्छ ।

     

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - १५:५७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij