२०८२ भाद्र ६ गते शुक्रवार
फ्रान्स । फ्रान्समा तीन जना प्रहरीको गोली हानी हत्या भएको छ । समाचार संस्था एएफपीका अनुसार बुधबार मध्य फ्रान्स पुय-डे-डोममा तीन जना प्रहरीको हत्या भएको छ । गोलीले लागेर अर्को एक जना प्रहरी घाइते भएको छ ।
प्रहरीहरूमाथि ४८ वर्षीय एक पुरूषले गोली प्रहार गरेका हुन् । घरेलु हिंसा भएको भन्दै एक महिलाले प्रहरीलाई खबर गरेकी थिइन् । उनको उद्धार गर्न जाँदा ती पुरूषले प्रहरीमाथि गोली हानेको समाचारमा उल्लेख गरिएको छ ।
बन्दुकधारी पुरूषले पहिले दुई जना प्रहरीमाथि गोली चलाएका थिए । जसमध्ये एक जनाले ज्यान गुमाएका थिए भने अर्का घाइते भएका थिए । त्यसपछि ती पुरूषले आफ्नो घर जलाएका थिए । आक्रमणपछि अन्य दुई जना प्रहरी त्यँहा पुगेका थिए । क्लेरमन्ट फेरान्डको अभियोजन कार्यालयका अनुसार पछि गएका दुई जना प्रहरीको पनि गोली हानी हत्या भएको हो।
अधिकारीहरूका अनुसार हिंसामा परेकी महिलाको उद्धार भएको छ । कम्तीमा सात जना उच्च तहका प्रहरी घटनास्थलमा पुगेका छन् । ती खतरनाक व्यक्तिलाई मध्यनजर गर्दै निकै सावधानी अपनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij