Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

देशभर ५० हजार शिक्षक आवश्यक : कुन तहमा कति?

देशभर ५० हजार शिक्षक आवश्यक : कुन तहमा कति?


  • 36.3K
    Shares

    देशभर ५० हजार शिक्षक आवश्यक : कुन तहमा कति?

    काठमाडौँ । देशभर ५० हजार शिक्षक आवश्यक रहेको तथ्याङ्कले देखाएको छ । सरकारद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले तयार पारेको तथ्याङ्कमा करिब ५० हजार शिक्षक अपुग भएको देखिएको हो ।

    कार्यदलले सबैभन्दा बढी निमावि तहमा शिक्षक अपुग भएको देखाएको छ । सो तहमा झन्डै २५ हजार शिक्षक अपुग भएको पाइएको छ ।

    कार्यदलका संयोजक एवं पूर्व सचिव महाश्रम शर्माले प्रावि तहमा करिब १ हजार, माविमा २१ हजार र कक्षा ११ र १२ का लागि झन्डै ४ हजार शिक्षकको दरबन्दी आवश्यक रहेको जानकारी दिए ।

    शिक्षक अभावका कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर घट्दै गएका कारण सरकारले गुणस्तर र नयाँ शिक्षकको दरबन्दी निर्क्योल गर्न कार्यदल गठन गरेको हो । हाल देशभर करिब १ लाख ५० हजार सरकारी शिक्षक छन् । मावि तहमा १ लाख २ हजार, निमाविमा २५ र मावि तहमा १९ हजार शिक्षक कार्यरत छन् ।

    कार्यदलले शिक्षा विभागको शिक्षकको तथ्याङ्कलाई आधार मानेर थप शिक्षक आवश्यक रहेको निर्क्योल निकालेको हो। कार्यदलले हालसम्म १ देखि ४ गरी चार प्रदेशमा शिक्षकको अवस्थाबारे अध्ययन गरिसकेको छ । बाँकी प्रदेशमा अध्ययन भइरहेको संयोजक शर्माले बताए ।

    उनका अनुसार मनाङलगायत हिमाली जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षकको सङ्ख्या बढी रहेको र सहरी क्षेत्रमा विद्यार्थीको अनुपातमा शिक्षकको सङ्ख्या कम रहेको छ ।

    शिक्षक अभावका कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर घट्दै गएको छ। सरकारले गुणस्तर र नयाँ शिक्षकको दरबन्दी निर्क्योल गर्न कार्यदल गठन गरेको हो । हाल देशभर करिब १ लाख ५० हजार सरकारी शिक्षक छन् ।

    ७ सय ५३ वटै स्थानीय निकायमा शिक्षकको दरबन्दी मिलान गर्न र नयाँ दरबन्दी कायम गर्न सबै स्थानीय तहमा अध्ययन गरिरहेको संयोजक शर्माले जानकारी दिए । कार्यदलले हिमाली, पहाडी र तराई जिल्लाको शिक्षक र विद्यार्थीको अनुपातमा हेरफेर गर्नुपर्ने जनाएको छ ।

    विभागका अनुसार हाल हिमालमा ४०, पहाडमा ४५ र तराई र उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षकको दरबन्दी कायम गरिएको छ। कार्यदलले तराई र उपत्यकामा ५० जना विद्यार्थी बराबर एक शिक्षक र हिमालमा ४० विद्यार्थी बराबर एक शिक्षक दरबन्दीअनुसार पढाउन समस्या हुने निष्कर्ष निकालेको छ ।

    हिमालमा ४० जना र तराई र उपत्यकामा ५० जना विद्यार्थीको अनुपातको विषयलाई पुनर्विचार गर्नुपर्ने मान्यता कार्यदलको रहेको छ । हामीले सबै विवरण संकलन गरेर सरकारलाई सुझाव दिने तयारी गरेका छौँ । कार्यदलले सबै सरोकारवालासँग छलफल गरी सुझाव तयार गरिरहेको छ ।

    प्रदेशमा सबै तहको विवरण संकलन गरिरहेका छौँ, सबैको सुझाव संकलन गरेपछि प्रतिवेदन तयार गर्नेछौँ।’ –उनले भने । कार्यदलले एउटा पालिकाबाट अर्को पालिका, एउटा जिल्लाबाट अर्को जिल्लामा र पालिकागत रूपमा शिक्षकको दरबन्दीको तथ्याङ्क संकलन गरेको छ । शिक्षकको प्रकार र दरबन्दी, विद्यालयगत विद्यार्थी र शिक्षकको सङ्ख्या, शिक्षक दरबन्दी प्रकारलगायत विषयमा समेत तथ्याङ्क तयार पारेको छ । विभागको तथ्याङ्कअनुसार हाल करिब १४ प्रकारका शिक्षक दरबन्दी छ ।

    कार्यदलले हिमाली जिल्लामा आवासीय विद्यालय राख्नुपर्ने, विद्यार्थी र शिक्षकको दरबन्दीमा हेरफेर गर्नुपर्ने, गुम्बा, गुरुकुल, मदरसालगायतका धार्मिक विद्यालयको अवस्था पहिचान गरी अध्ययन गर्नुपर्ने लगायतका विषयमा अध्ययन गरिरहेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको कार्यदलले १९ गतेबाट काम सुरु गरेको थियो। कार्यदलले शिक्षकको अवस्थाबारे जानकारी लिन देशैभर सुझाव माग गरेको थियो । कार्यदलका संयोजक शर्माले सम्पूर्ण सुझाव संकलन गरी प्रतिवेदन तयारी गर्ने काम सुरु भएको बताए ।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १४:३९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij