२०८२ भाद्र २ गते सोमवार
शिक्षक सेवा आयोग बढुवा सिफारिस समिति शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले कार्य सम्पादन मुल्याङ्कनका आधारमा शिक्षक बढुवा नामावली प्रकाशित गरेको छ ।
बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्येशिक्षक सेवा आयोगको नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने जिल्ला तह श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको बढुवा नामावली २०५७ को नियम ३४ को प्रायोजनका लागि नामावली प्रकाशित गरिको हो ।
साथै बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको ३५ दिन भित्र माध्यमिक द्धितीय/निम्न माध्यमिक प्रथम श्रेणीका लागि रु ६०० निम्न माध्यमिक द्धितीय/प्राथमिक प्रथम श्रेणीका लागि रु ५०० र प्राथमिक द्धितीय श्रेणीका लागि रु ३५० राजस्व जम्मा गरी निर्देशनालयमा स्वयम व्यत्ति उपस्थित भई लिखित उजुरी दिन सकिने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij