२०८२ भाद्र १२ गते बिहिवार
ब्रिटेनका क्लिनिकहरूमा महिलाहरूलाई विवादास्पद कुमारीत्व परीक्षण सेवा उपलब्ध गराइने बीबीसी न्यूजबीट तथा १०० विमिनले पत्ता लगाएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ तथा संयुक्त राष्ट्रसङ्घले व्यक्तिको निजत्व हनन हुने यस्ता परीक्षणलाई मानवअधिकारको उल्लङ्घन भन्दै प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।
आलोचकहरूले यस्ता परीक्षण अवैज्ञानिक भएको र यसबाट कोही कुमारी हो कि होइन भन्ने प्रमाणित गर्न नसकिने बताएका छन् । उनीहरूका अनुसार यो परीक्षण शोषणको हतियार समेत बन्न सक्छ ।
यस्तो परीक्षणमा महिलाको परीक्षण गरेर योनीको झिल्ली दुरुस्त छ कि छैन भनेर हेरिन्छ । बीबीसीले गरेको अनुसन्धानमा कतिपय निजी क्लिनिकहरूले कुमारीत्व मर्मत गर्ने विज्ञापन समेत गरेका छन् । तिनलाई सम्पर्क गर्दा १५० देखि ३०० पाउण्डमा यस्ता सेवा उपलब्ध हुने बताए ।
गत वर्ष अमेरिकी र्याप गायक टीआईले आफ्नी छोरीलाई हरेक वर्ष कुमारी भएनभएको परीक्षण गराउने गरेको बताएपछि तीव्र आ क्रोश उत्पन्न भएको थियो ।बीबीसीले २१ वटा क्लिनिकहरूको पहिचान गरेर १६ वटासँग सम्पर्क गरेको थियो । तीमध्ये सात वटाले उनीहरूले कु’मारीत्व परीक्षण गर्ने गरेको पुष्टि गरे भने कैयन् अरूले प्रस्ट कुरा गरेनन् ।
सबैले झिल्ली मर्मत गर्न शल्यक्रिया गर्ने बताए । जसको शुल्क १,५०० देखि ३,००० पाउण्डसम्म पर्ने बताइयो।राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस इङ्ग्ल्याण्डको आँकडा अनुसार गत पाँच वर्षमा झ्लिी मर्मत गर्ने त्यस्ता ६९ शल्यक्रिया भएका छन् ।
बाध्यता पूर्वक गरिने विवाहका पीडितहरूको सहयोगमा संलग्न परोपकारी संस्था कर्मा निर्भानाले सहयोग गरेको एकजना महिलाको कहानी न्यूजबीटले सुनेको छ । मागी विवाह गर्न चाहने मेरा आमाबुवासँग मेरो निकै भावनात्मक शोषणपूर्ण सम्बन्ध थियो’, उनले भनिन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij