२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं - यो साता नेपाली बजारमा ७०० रुपैयाँले सुनको मूल्य घटेको छ । गएको आइतबार सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासङ्घको अनुसार हिजो शुक्रबार सम्म आई पुग्दा सुनको मूल्य ९० हजार ९०० पुगेको हो । अहिले सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij