Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

भारतमा दैनिक सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुने थोरै

भारतमा दैनिक सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुने थोरै


  • 6.1K
    Shares

    भारतमा दैनिक सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुने थोरै

    भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ््ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएको छ ।

     पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३४ हजार ७९१ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् ।

     सोही अवधिमा ३६६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतकको सङ्ख्या अघिल्लो दिनको भन्दा थोरै हो । सङ्क्रमण सबैभन्दा धेरै केरला राज्यमा फैलिएको छ ।

     देशभरीको बाँकी भागमा भन्दा केरला राज्यमा अत्यधिक धेरै रहेको देखिएको छ । सरकारी अधिकारीले दिएको पछिल्लो विवरणअनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ३२ हजार ९७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

     भारतमा अहिलेसम्म चार लाख ३९ हजार ८९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २९ लाख तीन हजार २८९ पुगेको छ ।

     ती मध्ये तीन लाख ९९ हजार ७७८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ ।

    प्रकाशित मिति :भाद्र १८ २०७८ शुक्रवार - १४:०५:३२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij