Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व

जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व


  • 5.5K
    Shares

    जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व

    मनाङ– औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट रू १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ ।

    आर्थिक वर्ष २०७७/७८ मा एक हजार ८४किलोग्राम जडीबुटी बिक्रीबाट उक्त रकम सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले जनाएको हो ।

    आर्थिक वर्ष २०७५/७६ को तुलनामा सुन्ना दशमलव ६३ प्रतिशतले यस आवमा कम राजस्व सङ्कलन भएको एक्याप प्रमुख लेखनाथ गौतमले जानकारी दिए । कोभिड– १९ को सङ्क्रमणका कारण जङ्गली जडीबुटी सङ्लकन गर्न नसकिएको उनको भनाइ थियो ।

    जिल्लाको मुख्य आयस्रोतको रुपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व सङ्कलन हुँदै आएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका सहयोगी हुने यी जडिबुटी यस वर्ष जिल्लामै पनि निकै विक्री भएको‍ छ ।

    वन लसुनको प्रयोग सिटामोल बनाउन प्रयोग हुने गरेको छ । यसबाट ग्यास्टिक, ज्वरो र रुघाखोकी निको हुनाका साथै घाउचोटमा पनि उपयोगी मानिन्छ । गुच्ची च्याउ क्यान्सर, उच्च रक्तचाप, मुटुको रोग निरोधका लागि उपयोगी मानिन्छ ।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १३:४३:०० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij