२०८२ भाद्र ३ गते मंगलवार
वीरगञ्ज – रौतहटमा १५ वर्षकी किशोरीमाथि सामूहिक बालात्कार भएको छ । माधवनारायण नगरपालिकाकी एक किशोरीमाथि मंगलबार सामूहिक बालात्कार भएको प्रहरीले जनाएको छ ।
बालात्कार गरेको आरोपमा सोही नगरपालिका वडा नम्बर ३ बस्ने किशन सहनीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एव प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
घाँस काटन गएकी ती किशोरीलाई सहनीसहित तीनजनाले डर त्रास देखाई जबरजस्तीकरणी गरेका थिए । जबरजस्तीकरणी गरेको भनि किशोरीले पहिचान गरेको आधारमा सहनीलाई पक्राउ गरिएको भण्डारीले बताए ।
घटनामा संलग्न रहेका अन्य दुई जनाको पहिचान भईसकेको तथा उनीहरुको खोजी कार्य भईरहेको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij