Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मोटरसाईकल दुर्घटना हुदाँ स्वास्थ्यकर्मीको मृत्यु

मोटरसाईकल दुर्घटना हुदाँ स्वास्थ्यकर्मीको मृत्यु


  • 5.0K
    Shares

    मोटरसाईकल दुर्घटना हुदाँ स्वास्थ्यकर्मीको  मृत्यु

     जाजरकोट । जाजरकोटमा मोटरसाईकल दुर्घटना हुदाँ एक स्वास्थ्यकर्मीको ज्यान गएको छ । भेरी नगरपालिका ८ र ९ को सिमाना झुप्रा खोला नजिकैको भीरमा मोटरसाईकल दुर्घटनमा हुदाँ सिनियर अहेव गोपाल कार्कीको मृत्यु भएको हो ।

    भुर पोखरा स्वास्थ्य चौकीबाट कोरोना भ्यालसिन लिएर फर्कने क्रममा झुप्रा खोला नजिकै सडकबाट करिव ६ सय मिटर तल मोटरसाईकल खसेको थियो । दोस्रो चरणको कोभिड १९ को भ्यालसिन लिएर आउदै गर्दा सवार कार्कीको बुधवार बेलुका ५ बजे तिर दुर्घटनामा परि मृत्यु भएको भेरी नगरपालिकाका सह संयोजनक निशा थापाले बताउनु भयो ।

    भेरी नगरपालिका ८ बुरुगे स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रका ईन्चार्ज हुन् । बुरुगे आधारभुत स्वास्थ्य सेवा केन्द्रमा बिहिवार कोभिड १९ को दोस्रो चरणको खोप लगाउने कार्यक्रम भएकोले बुधवार स्वास्थ्य चौकी भुर पोखरा पुगेर थिए । भ्याक्सिन लिएर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा उनीको मृत्यु भएको हो ।

    मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएका सिनियर अहेव कार्की प्रति भेरी नगरपालिका र स्वास्थ्य शाखाले दुख व्यक्त गरेको छ । साथ शोकमा परेका परिवार तथा आफन्तजनहरु प्रति हार्दिक समाबेदा प्रकट गरेका छन् ।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १०:३९:४५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij