Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

भारतमा थप ३० हजार बढिमा कोरोना पुष्टि, ३५० जनाको मृत्यु

भारतमा थप ३० हजार बढिमा कोरोना पुष्टि, ३५० जनाको मृत्यु


  • 5.2K
    Shares

    भारतमा थप ३० हजार बढिमा कोरोना पुष्टि, ३५० जनाको मृत्यु

    एजेन्सी । भारतमा कोरोना भाइरसबाट सोमबार थप ३० हजार ९४१ जना सङ्क्रमित भएका छन् ।

    सोही अवधिमा ३५० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख ५६० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै थप १९ हजार ६२२ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन् । सोही अवधिमा केरलामा १३२ जनाको मृत्यु भएको छ ।

    गत आइतबार भारतमा ४२ हजार ९०९ जना कोरोना सङ्क्रमित थपिएका थिए भने कोरोनाको कारण ३८० को मृत्यु भएको थियो ।

    अहिलेसम्म कूल तीन करोड–१९ लाख ५९ हजार ६८० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३६ हजार २७५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्याको ९७.५३ प्रतिशत कोरोना सङ्क्रमणबाट निको भएका छन् ।

    भारतमा अहिलेसम्म कूल सङ्क्रमित तीन करोड २७ लाख ६८ हजार ८८० जना पुगेका मन्त्रालयले मङ्गलबार जनाएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ७६ हजार ३२४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।

    भारतमाा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ५२ करोड १५ लाख व्यक्तिलाई कोरोना भाइरसको परिक्षण गरिएको छ ।

    यहाँ गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म ६४ करोड पाँच लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको समाचारमा जनाइएको छ ।

    प्रकाशित मिति :भाद्र १५ २०७८ मंगलवार - १४:०१:१६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij