Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विप्लव नेकपाका केन्द्रीय सदस्य उषाकिरण माइतीघरबाट पक्राउ

विप्लव नेकपाका केन्द्रीय सदस्य उषाकिरण माइतीघरबाट पक्राउ


  • 8.6K
    Shares

    विप्लव नेकपाका केन्द्रीय सदस्य उषाकिरण माइतीघरबाट पक्राउ

    काठमाडौं । काठमाडौंको माइतीघर मण्डलाबाट एक जना विप्लव कार्यकर्ता पक्राउ परेका छन् । 

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उषाकिरण आजाद भन्ने हर्कबहादुर विक छन् ।  

    महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् । 

    उनी प्रदर्शन गर्न निस्किएका हुन् वा होइनन् भन्ने यकिन नभएको डिएसपी विष्टले बताए । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ । 

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १४:०३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij