२०८२ भाद्र ११ गते बुधवार
डिजिटल मिडियाले विश्वलाई पछिल्लो केही वर्षमा निकै प्रभावित गरेको छ । यो प्लेटफर्ममा लाकप्रिय मानिसहरु पुनारो तरिकाभन्दा धेरै कमाई गर्न थालेका छन् ।
विशेष कुरा त यो हो कि यो प्लेटफर्ममा कमाइको मामलामा उमेरको कुनै सीमा छैन । यसका ताजा उदाहरण हो एक ९ वर्षीय बालक । युट्युबबाट २०२० सबैभन्दा धेरै कमाइ यनी बालकले गरेका छन् ।
अमेरिकाको टेक्सासमा रहँदै आएका ९ वर्षीय बालक रायन काजी युट्युबमा खेलौना र गेम्सबारे अनबक्स गर्नुका साथै रिभ्यु गर्दर्थे ।
उनी २०२० मा युट्युबबाट करिब २९.५ मिलियन डलर कमाइ गर्न सफल भएका छन् । यसका साथै विश्व ब्रान्डेट टोय क्लोथिङमार्फत यी बालकले दुई सय मिलियन डलर कमाई गरेका छन् । रायनले हालै निकलोडियनका साथ आफ्नो छुट्टै टिभी सिरिजमा पनि हस्ताक्षर गरेका छन् ।
रायनको सबैभन्दा लोकप्रिय भिडियो ह्युज एग्स सरप्राइज टोय च्यालेन्सको ३ बिलियनभन्दा धेरै भ्यूज छ । यो भिडियो युट्युब इतिहासकै ६० सबैभन्दा धेरै हेरिएको भिडियोमा दर्ता भएको छ ।
रायनले २०१५ देखि भिडियो बनाउन शुरु गरेका थिए । उनलाई यो आइडिया त्यतिबेला आएको थियो, जतिबेला खेलौनाबारे बनाइएको रिभ्यू भिडियो हेर्ने गर्थे । रायनको भिडियो रिभ्यू गर्ने तरिका मानिसहरुले निकै मन पराएका छन् । उनका प्रशंसक पनि निकै बढेका छन् ।
उनको लोकप्रियता तीन वर्षमै यति धेरै बढ्यो कि २०१८ र २०२० मा युट्युबमा सबैभन्दा धेरै कमाइ गर्ने युट्युबर बन्न सफल भए । रायनको लोकप्रियता मध्यजनर गर्दै खेलौना कम्पनी उनीसँग अनबक्स गर्नका लागि आग्रह गर्दछन् । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij