Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सुनसरीमा एकैदिन विभिन्न मुद्दामा कैद ८३ जना फरार प्रतिवादी पक्राउ

सुनसरीमा एकैदिन विभिन्न मुद्दामा कैद ८३ जना फरार प्रतिवादी पक्राउ


  • 4.1K
    Shares

    सुनसरीमा एकैदिन  विभिन्न मुद्दामा कैद ८३ जना फरार प्रतिवादी पक्राउ

    काठमाडौं । सुनसरीमा एकैदिन ८३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

    जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा कैद वा जरिवाना ठहर भई हालसम्म फरार रहेका ८३ जनालाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

    फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका ८३ जना समेत गरी चालु आर्थिक वर्षमा ३८३ जनाबाट ८० वर्ष दुई महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५०० रुपैयाँ जरिवाना असुल गरी फर्छ्योट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागुऔषध, जबर्जस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्धविच्छेद, भ्रष्टाचार, गाली–बेइज्जती मुद्दाका फरार प्रतिवादीहरू रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - १४:११:३३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij