Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

‘कोरोना कहर’

‘कोरोना कहर’


  • 8.1K
    Shares

    ‘कोरोना कहर’
    images

    चीनबाट फैलिएको कारोना 
    पुग्यो विश्वको कुना कुना 
    खै कहिलेसम्म यस्ले आक्रान्त पार्ने हो ?
    थलिएका छन् मान्छे 
    दलिएका छन् राष्ट्रसेवकहरु 
    चम्किएका छन् साना ठुला व्यापारीहरु 
    मन लाग्दी रहको छ सामानको भाउ 
    निहु नै बनाएका छन् कोरोनोलाई
    र दोष दिएका छन् कोरोनलाई !

    नेताहरुलाई कुर्चिकै पीर परिरहेको छ 
    र गर्छन् कुर्चिकै तानातान 
    एकले अर्कालाई अविश्वास गर्दै 
    अविश्वाससको प्रस्ताब प्रस्तुत गर्दछन् 
    राष्ट्र शोकमा डुबेको बेला
    राजनीतिको फोहरी खेलमा व्यस्त छन् नेता 
    डाक्टर हुन् कि व्यापारी ?

    खै कता हो ? कोरोनोको खोप भनेर 
    सल्यान पानि लगाइदिए अरे 
    नेपालकै एफ एम रेडियोमा आएका समाचार हुन् 
    हावा नआइ पात हल्लिएन होला 
    सबैले खोप पाउन् वा नपाउन्
    पउँचवालाले पाए भइगयो ।
    सर्वसाधारण मरे मरुन् 
    देश चलाउने ठेक्का लिएकाहरु बाचे भइगयो !

    आफुले दोष कसैले नलिनु 
    भएभरको दोष कोरोना उपर थुपारिदिनु 
    ब्रहमलुट गर्नेहरुले ब्रहमलुट गरिरहनु 
    आफुलाई होइन कोरोनालाई नै दोष लगाइदिनु  
    कोरोनालाई नै दोष लगाइदिनु !!

    प्रकाशित मिति :भाद्र ९ २०७८ बुधवार - १६:५५:१५ बजे
    प्रतिक्रिया

    खगेश्वर सापकोटा

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij