Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

छोराको हत्या गरेको आरोपमा आमालाई जेल चलान

छोराको हत्या गरेको आरोपमा आमालाई जेल चलान


  • 5.1K
    Shares

    छोराको हत्या गरेको आरोपमा आमालाई जेल चलान

    जलेश्वर । महोत्तरी जिल्ला अदालतले छोराको हत्या आरोपमा एक आमालाई जेल चलान गरेको छ ।

    जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीले छोरा ५ वर्षीय रितेश यादवलाई हत्या गरेको आरोपमा अदालतले उनलाई आज पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ ।

    सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुबा चन्द्रकिशोरलाई साधारण तारेखमा छोडिएको छ । १० महिनाअघि जेठी पत्नी छँदाछँदै अर्को जातको पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरलाई जेठी पत्नीले ५ वर्षीय र अढाई वर्षीय आफ्ना दुई सन्तान (छोरा) लाई पतिकै जिम्मा छाडेर माइती गएर बस्दै आएको बेला गत साउन १४ गते दिउँसो उनको जेठो छोरा ५ वर्षीय रितेशलाई सौतेनी आमालेले घाँटी हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको हो ।

    घटनापश्चात् आमा र बुबा दुवै जना घरबाट फरार भएका थिए । प्रहरीले घटना घटाएकै दिन बुबालाई महोत्तरीबाटै र सौतेनी आमालाई धनुषाबाट पक्राउ गरी उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

    प्रकाशित मिति :भाद्र ९ २०७८ बुधवार - १४:१४:४२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij