२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन् । रिटमा प्रधानमन्त्री, राष्ट्रपतिसहित प्रधानन्यायाधीशसमेतलाई विपक्षी बनाइएको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा अधिवक्ता शुलभ खरेल, कञ्चनकृष्ण न्यौपाने र लोकेन्द्र ओलीले छुट्टाछुट्टै रिट पेश गरेका हुन् । आइतबार समय सकिएकाले दर्ता हुन नपाएका यी रिट यी रिट सोमवार दर्ता हुने बताइएको छ ।
आइतवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय सुनाउँदै सिफारिस लिएर शीतल निवास पुगेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij