२०८२ भाद्र ४ गते बुधवार
झापा – छिमेकी नगरपालिका कनकाईका एकै परिवारका तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेको दुई दिन बित्न नपाउँदै अर्जुनधारा नगरपालिका ५ मा होटल व्यवसायी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
अर्जुनधारा–५ स्थित लक्ष्मीपुरमा आफ्नै बन्दै गरेको घर तथा होटलमा ती व्यवसायी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार ४० वर्षीय राजेश महत राति करिब २ बजेतिर घरबाट निस्केका थिए। बिहान परिवारका सदस्यले बन्दै गरेको घरमा झुन्डिएको अवस्थामा उनको शव देखेपछि स्थानीयबासी तथा प्रहरीलाई खबर गरेका थिए।
उनी मानव होटलका सञ्चालक पनि भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ। घर बनाउँदै गरेको अवस्थामा उनले बैंकबाट कर्जा लिने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।
आर्थिक लेनदेनकै कारण केही दिनदेखि उनी मानसिक तनाव खेप्दै आएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij