Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

बेपत्ता भएका ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला

बेपत्ता भएका ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला


  • 4.5K
    Shares

    बेपत्ता भएका ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला
     धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललियामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेको हो । हत्या गरेको आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको छ ।

    भागेश्वरको बुवा रामवृक्षलाई स्थानीयले खोज्ने क्रममा घरमा नभेटाएपछि गाउँमा खोज तलास गर्ने क्रममा सो घटना सार्वजनिक भएको धनुषाको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । घरबाट रामवृक्ष र बुहारी अम्बिका एकै पटक बेपत्ता भएको खबर स्थानीयवासीले थाहा पाएपछि खोजतलाससँगै प्रहरीलाई खबर गरेका थिए ।

    हत्या गरेको आशङ्कामा भागेश्वर मण्डललाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । केही महिना पूर्व महोत्तरीको भ्रमरपुरामा सुजाता ठाकुर हत्या प्रकरण नसेलाउँदै धनुषामा समेत सोही प्रकृतिको हत्याको घटना सार्वजनिक भएको छ ।

    प्रकाशित मिति :भाद्र ८ २०७८ मंगलवार - १२:११:२२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij