Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोज्ने दुई प्रहरी निलम्बित

पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोज्ने दुई प्रहरी निलम्बित


  • 5.6K
    Shares

    पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोज्ने दुई प्रहरी निलम्बित

    काठमाडौं । रौतहट प्रहरीले पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागुऔषध नाइट्राभेटसहित पक्राउ गरेको प्रकरणमा दुईजना प्रहरीलाई निलम्बन गरेको छ । पत्रकारलाई फसाउने कार्यमा प्रहरीको संलग्नता पाइएपछि दुई प्रहरीलाई निलम्बन गरिएको हो ।

    प्रहरीले गत साउन ३२ गते पत्रकार मोजुबुल्लाहलाई लागुऔषध नाइट्राभेटसहित पक्राउ गरेको थियो । तर, सीसीटीभी फुटेजमा उनको मोटरसाइकलमा लागुऔषध राखेको पाइएपछि प्रहरीकै कर्मचारी अनुसन्धानको दायरामा तानिएका थिए ।

    प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरका अनुसार गैरव्यावसायीक कार्य गरेको आरोपमा दुईजना प्रहरीलाई निलम्बन गरिएको हो । प्रहरीका अनुसार पत्रकार महासंघ रौतहटका सह–सचिव सञ्जय शहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागुऔषध राख्न लाएको पाइएको छ । पछि उनैले प्रहरीलाई बोलाएर पत्रकार मोहम्मद मोजुबुल्लाहलाई पक्राउ गर्न लगाएको खुलेको छ ।  

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १६:४८:०२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij