Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

रुकुम पूर्वमा ४ वर्षीया बालिका मृत फेला

रुकुम पूर्वमा ४ वर्षीया बालिका मृत फेला


  • 7.6K
    Shares

    रुकुम पूर्वमा ४ वर्षीया बालिका मृत फेला

    रुकुम पूर्वमा एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको भूमे गाउँपालिका ३ मोराबाङका अर्जुन कुँवरकी ४ वर्षीया छोरी प्रिया घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक मानबहादुर विसीका अनुसार बालिकालाई खोल्सामा मृत अवस्थामा भेटिएको हो ।

    बालिकाको शव पोष्टमार्टमका लागि रुकुम पूर्व अस्पतालमा ल्याउँदै गरेको प्रहरी निरीक्षक बिसीले बताए । बालिकाको मृत्यु हुनुको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १२:०७:२० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij