Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गोसाइँकुण्डका धार्मिक यात्रु फर्कन थाले

गोसाइँकुण्डका धार्मिक यात्रु फर्कन थाले


  • 4.2K
    Shares

    गोसाइँकुण्डका धार्मिक यात्रु फर्कन थाले

    जनैपूर्णिमाको विशेष अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कन थालेका छन् । पवित्र गोसाइँकुण्डमा आज बिहानैदेखि भक्तजन स्नान र पूजा आराधना गरी आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका हुन् ।

     गोसाइँकुण्ड स्नान गरी बिहानैदेखि भक्तजन फर्कन थालिसकेका र बिहान ९ः०० बजेको समयसम्म करिब ८०० भन्दाबढी भक्तजन पूजाआजामा कुण्डमै व्यस्त रहेको सुरक्षामा खटिएका प्रहरी अधिकृतले अनुमान गरेका छन् । जनैपूर्णिमाका उपलक्षमा करिब दुई हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको अनुमान गरिएको छ ।

     सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै लेक लागेका बिरामीको उद्धारका लागि नेपाली सेना तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि मास्क लगाउन र सामाजिक दूरी कायम गराउन सुरक्षा अङ्गले चेतना अभिवृद्वि गराउने कार्यलाई प्राथमिकता दिइरहेका छन् ।

     गोसाइँकुण्ड गएका यात्रुमाझ बिरामीको समस्या नभेटिएको र सुरक्षामा खटिएका गस्ती प्रहरीले यात्रुको अवस्थाबारे अनुगमन गरिरहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :भाद्र ६ २०७८ आइतवार - १४:२२:२५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij