Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

अमेरिकाद्वारा जुमका पूर्वचिनियाँ अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिकाद्वारा जुमका पूर्वचिनियाँ अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी


  • 8.0K
    Shares

    अमेरिकाद्वारा जुमका पूर्वचिनियाँ अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी

    अमेरिकी कानुन व्यवसायीहरूले जुम एपका एकजना पूर्वकर्मचारीमाथि चीन सरकारको तर्फबाट सन् १९८९ मा चीनको तियानमेन चोकमा प्रजातन्त्रको माग गर्दै भएको विरोध प्रदर्शनको वार्षिक दिवस मनाउनका लागि भइरहेको भिडियो बैठक अर्थात् भर्चुअल बैठकमा नियतवस् अवरोध पुर्‍याएको आरोप लगाएका छन् ।

    चीनस्थित जुमका कार्यकारिणी अधिकारी सिन्जयाङलाई संयुक्त राज्य अमेरिकास्थित मानिसहरूले गत मे र जुन महिनामा आयोजना गरेको कम्तीमा चारवटा भिडियो बैठक काट्न मद्दत पुर्‍याएको आरोप लगाइएको हो ।

    उनको गिरफतारीका लागि सुरक्षा निकायबाट पक्राउ पुर्जी जारी भइसकेको अमेरिकी सञ्चार निकायले जनाएका छन् । यसैबीच, जुमले अमेरिकी सरकारी निकायलाई यससम्बन्धी अनुसन्धानमा सहयोग गर्दै आएको औपचारिक जानकारी सार्वजनिक गरेको छ ।

    अमेरिकाको क्यालिफोर्नियास्थित जुमको कार्यालयले कम्पनीको नीति उल्लंघन गरेको भन्दै सिन्जयाङलाई जागिरबाट बर्खास्त गर्दै आन्तरिक अनुसन्धान थालिसकेको बताएको छ । चीनले यस विषयमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । प्रजातन्त्रको माग गर्दै भएको सो तियानमेन चोकको विद्रोहलाई सरकारी सेना प्रयोग गरी हिंसात्मक ढंगले दमन गरिएको थियो ।

    सो विद्रोहसम्बन्धी कुनै पनि प्रचार–प्रसार वा खबर सम्प्रेषणलाई चीनमा कडा बन्देज लगाइँदै आएको छ । अमेरिकी न्याय विभागले एक विज्ञप्ति जारी गर्दै सिन्जयाङ उर्फ जुलियन जिनविरुद्ध अन्तरराज्य उत्पीडन र गैरकानुनी षड्यन्त्रमा संलग्न रहेको अभियोग लगाइएको जनाइएको छ ।

    न्याय विभागका अनुसार उनी सन् २०१९ को जनवरीदेखि नै अमेरिकामा बसोवास गरिरहेका लगायत विश्वभरिका चिनियाँहरूको राजनीतिक र धार्मिक भाषण तथा प्रवचनहरूमाथि चीन सरकारका अधिकारीहरूको निर्देशन अनुशरण गर्दै सेन्सर लाग्दै आएको थियो । एजेन्सी

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - ११:५३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij