२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ / पछिल्लो केही दिनयता नेपाल बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भने सुनको भाउ ओरोलो लागेको छ ।
बुधबार बढेर ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४०० रुपैयाँले घटेको हो । आज बिहीबार छापावाल सुन ९० हजार ८०० रुपैयाँ र तेजावी सुन ९० हजार ३०० रुपैयाँमा कारोबार हुने महासंले जानकारी दिएको छ ।
यता, चाँदीको भाउ पनि तोलामा १ हजार १८० रुपैयाँमा कारोबार हुनेछ । यसअघि तोलामा १ हाजर २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २५ रुपैयाँले घटेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij