२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ ।
आज छापावाल सुन प्रति तोलामा दुई सय रुपैयाँले बढेर ९१ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य आज घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएकोमा मंगलबार ५ रूपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij