२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । खबरदार पार्टी फुटाउन पाइदैन, पार्टी फुटे अपार जनातको मन रुन्छ त्यसैले पार्टी फुटमा होइन जुटेरै अघि बढ्नुपर्छ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन खबरदारी गर्दै स्थानीयले सरकारको साखः जोगाउन आग्रह गरेका थिए ।
चन्द्रागिरी नगरपालिका १ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका मन्त्री श्रेष्ठलाई कार्यकर्ताले पार्टी फुटाउदा कार्यकर्ताको केही जादैन तर नेताको पद र सेवा सुविधा गुम्ने त होला नि भन्दै व्यङग गरेका थिए ।
सो क्रममा मन्त्री श्रेष्ठले पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको बताए । ‘तपाईहरु ढुक्क हुनुहोस, कुनैपनि हालतमा पार्टी फुट्दैन, फुट्न पनि दिदैनौ ।’ उनले भने ‘ केपी ओलीको सरकार पुरै अवधी टिक्नेछ ।’
उनले जनताको चाहना अनुसार विकास निर्माणका कामले तिब्रता लिएको दावी गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताए । ‘मैले तपाईहरुले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पुर्याउने छु,’ मन्त्री श्रेष्ठले भन्नुभयो ‘आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा फुट्न दिदैनौ ।’
कार्यक्रममा वागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने धारणा राखे ।
उनले अबको समय विकास निर्माणको समय भएको बताउदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने ‘अहिलेको सरकारले विकासको कामलाई तिब्रता दिएको छ, यस्लाई निरन्तर रुपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij