Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यस्तो छ शिक्षकहरुको नयाँ तलब, हेर्नुहोस् कुन तहको कति पुग्यो

यस्तो छ शिक्षकहरुको नयाँ तलब, हेर्नुहोस् कुन तहको कति पुग्यो


  • 87.1K
    Shares

    यस्तो छ शिक्षकहरुको नयाँ तलब, हेर्नुहोस् कुन तहको कति पुग्यो

    काठमाडौँ । आर्थिक वर्ष ०७७र७८ को बजेटमा सामुदायिक विद्यालयका शिक्षकको तलब बढाइएको थियो । आउँदो साउन १ गतेदेखि त्यो कार्यान्वयन हुनेछ ।

    मुलुकभर स्थायी, अस्थायी र करार शिक्षकको विद्यमान तलबमा दुई हजार रुपैयाँ बढेको हो । शिक्षकको एसएलसीको नतिजाको आधारमा शिक्षकलाई तीन श्रेणीमा छुट्ट्याई तलब दिने गरिएको छ ।

    माध्यामिक शिक्षक प्रथम श्रेणीको शुरु तलब स्केल ४९ हजार ३ सय ८० रुपैयाँ छ । छैटौँ ग्रेडको प्रतिग्रेड दर १६ सय ४६ रुपैयाँ थप हुँदा ५९ हजार २ सय ५६ रुपैयाँ मासिक तलब पुगेको छ ।

    माध्यामिक शिक्षक द्वीतीय श्रेणीको शुरु तलब स्केल ४२ हजार ३ सय ८० कायम रहेकोमा प्रतिग्रेड संख्या १४ सय १३ रुपैयाँले आठौं ग्रेडका शिक्षकको तलब ५३ हजार ६ सय ८४ रुपैयाँ पुगेको छ ।

    माध्यामिक शिक्षक तेश्रो श्रेणीको ८ औं ग्रेड शिक्षकको प्रतिग्रेड १२ सय ६७ रुपैयाँ थप भएर ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ ।

    यस्तो छ निम्नमाध्यामिक तहका शिक्षकको नयाँ तलबमान

    यस्तै निम्न माध्यमिकतर्फ प्रथम श्रेणीका आठौं ग्रेडका शिक्षकको सुरुको तलबमान ३९ हजार ८ सय ८० रुपैयाँ रहेको छ । प्रतिग्रेड १३ सय ३० रुपैयाँ थपसहित प्रतिमहिना ५० हजार ५ सय २० रुपैयाँ पुगेको छ ।

    निमावि दोस्रो श्रेणीका ८ औं ग्रेड शिक्षकको सुरुको तलब ३७ हजार ९ सय ९० रुपैयाँ रहेको छ । प्रतिग्रेड १२ सय ६७ रुपैयाँ थप हुँदा मासिक तलब ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ । यस्तै तृतीय श्रेणीको शिक्षकको सुरुको तलब ३० हजार २ सय रुपैयाँ रहेकोमा प्रति ग्रेड १ हजार ७ रुपैयाँ जोड्दा ३८ हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।

    यस्तो छ प्राथमिक तहका शिक्षकको नयाँ तलबमान

    प्राथमिक तहका शिक्षकतर्फ एसएलसी उतीर्ण प्रथम श्रेणीका आठौं तहका शिक्षकको सुरुको तलबमान ३७ हजार ९ सय ९० रुपैयाँ पुगेको छ भने प्रतिग्रेड १२ सय ६७ रुपैयाँ थप गर्दा ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ ।

    एसएलसी उत्तीर्ण गरेका द्वितीय श्रेणीका प्रावि शिक्षकको सुरु तलब ३० हजार २ सय पुगेको छ भने प्रतिग्रेड १ हजार ७ रुपैयाँ गरी कुल मासिक ३८ हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।

    यस्तै एसएलसी उत्तीर्ण तृतीय श्रेणीको छैटौँ तहका शिक्षकको सुरु तलब २८ हजार ६ सय १० मा प्रतिग्रेड ९५४ रुपैयाँ थपिँदा मासिक तलब ३४ हजार ३ सय ३४ रुपैयाँ पुगेको छ ।
    यस्तै दुई विषयसम्म एसएलसी अनुत्तीर्ण छैटौँ तहका शिक्षकको सुरुको तलब २४ हजार १० रुपैयाँमा प्रति ग्रेड ८ सय १ रुपैयाँ थपिँदा २८ हजार ८ सय १६ रुपैयाँ पुगेको छ ।

    दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण छैटौं तहका शिक्षकको सुरुको तलबमान २२ हजार ६ सय ८० मा प्रतिग्रेड ७ सय ५६ थपिँदा २७ हजार २ सय १६ रुपैयाँ पुगेको छ । यो तलब स्केललाई अर्थमन्त्रालयले स्वीकृति दिएसँगै साउन १ मा लागू हुने गरी कार्यान्वयनमा आएको छ ।

     

    प्रकाशित मिति :श्रावण २८ २०७८ बिहिवार - १६:३१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij