Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

९ महिनापछि पशुपतिनाथमा भक्तजनको चहलपहल शुरु

९ महिनापछि पशुपतिनाथमा भक्तजनको चहलपहल शुरु


  • 10.7K
    Shares

    ९ महिनापछि पशुपतिनाथमा भक्तजनको चहलपहल शुरु

    काठमाडौँ । २०७६ चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन जारी गरेदेखि बन्द रहेको पशुपति मन्दिर बुधवार बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा भक्तजन आउन थालेका छन् । 

     भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । हाललाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गरी दर्शनपछि पनि सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ ।

    दर्शनका लागि पशुपतिनाथ मन्दिर खुला गरिए पनि अझै केही समय भक्तजनले रसिद काटेर गरिने विशेष पूजा गर्न पाउने छैनन् । यसैगरी मूल मन्दिर परिसरमा दैनिक हुने गरेको भजनलगायत गतिविधि पनि क्रमशः खुला गरिने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

    प्रकाशित मिति :पौष २ २०७७ बिहिवार - ०५:५९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij