Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद


  • 8.0K
    Shares

    त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद

    त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ ।

     विश्वव्यापी अनुन्सधान तथा शैक्षिक सञ्जालमा आवद्घताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्न सकिने बताइएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल ट्रान्स युरोसिया इन्फरमेसन नेटवर्क नेपालमा जोडिएको थियो ।

     हालसम्म नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयलगायत २५ वटा सङ्घसंस्था यस सञ्जालमा आवद्घ भएका छन् ।

     इडियुरोम अनुसन्धान र शैक्षिक सङ्घसंस्थाका व्यक्तिहरूलाई विश्वका अन्य सङ्घसंस्थामा पुग्दा सहजै नेटवर्क पहँच उपलब्ध गराउने विश्वव्यापी सेवा हो ।

     सन् २००२ देखि युरोपबाट शुरु भएको इडियुरोम सेवाको मुख्य उद्देश्य अनुसन्धान र शिक्षाका क्षेत्रमा क्रियाशील सङ्घसंस्था र व्यक्तिहरुबीच इन्टरनेटलगायतका सेवामा सहज पहँुच स्थापित गरी अनुसन्धान र शैक्षिक क्रियाकलापलाई सुदृढ गर्नु रहेको छ ।

     इडियुरोम सेवा हाल १०० भन्दा बढी देशमा उपलब्ध भइसकेको छ । नेपालका शैक्षिक तथा अनुसन्धानसँग सम्बन्धित सङ्घसंस्थालाई एकापसमा जोडी अनुसन्धान र सहकार्यको वातावरण तयार पार्ने, विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ गर्ने तथा इडियुरोम सेवामा जोड्ने कामको नेतृत्व नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गर्दै आएको छ ।

    प्रकाशित मिति :श्रावण २८ २०७८ बिहिवार - १६:२१:३३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij