२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक रोकेर बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वार्ता भएको छ ।
दुई अध्यक्षवीच वार्ताको संयोजन स्थायी कमिटीका नेताहरु सुवासचन्द्र नेम्वाङ शंकर पोखरेल र घनश्याम भुसालले गरेका छन् । साथमा महासचिव विष्णु पौडेल पनि छन् ।
‘हामीले दुई अध्यक्षबीचको छलफलको समन्वय गरेका हौं, बालुवाटारमा ओली र प्रचण्डवीचको छलफलमा सहभागी एक नेताले बताए ।
मंगलबार प्रधानमन्त्रीले ल्याएको अध्यादेश र भोलिपल्ट शीतलनिवासमा दर्ता गर्न लगिएको विशेष अधिवेशनको समावेदन दुबै फिर्ता गराउन नेताहरुले पहल थालेका छन् ।
स्थायी कमिटीको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको थियो । तर, बैठकमा प्रधानमन्त्री ओली र उनीपक्षका नेताहरु सहभागी नभएपछि बैठक स्थगीत भएको थियो ।
यहीबेला प्रचण्ड–माधव नेपाल पक्षका ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बोकेर संसदको विशेष अधिवेशन माग गर्दै भीम रावल र पम्फा भुसाल शीतलनिवास पुगे । तर, शीतलनिवासले समावेदन दर्ता गर्न मानेन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij