Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

मंगलवारको दिन भुलेर पनि नगर्नुहोस् यी कार्यहरु!

मंगलवारको दिन भुलेर पनि नगर्नुहोस् यी कार्यहरु!


  • 5.8K
    Shares

    मंगलवारको दिन भुलेर पनि नगर्नुहोस् यी कार्यहरु!
    images

    मंगलबार भगवान हनुमानको पुजा गर्ने दिन हो । खासगरी जसको कुन्डलीमा मंगल दोष हुन्छ उनीहरुलाई मंगलवारले दिन धेरै महत्व राख्छ ।

    यस दिनमा हनुमानको पुजा इत्यादी गरेर जिन्दगीमा आउने बाधालाई हटाउन सकिन्छ । आज हामी मंगलवार कुन काम गर्ने वा नगर्ने त्यसको बारेमा चर्चा गर्छौ ।

    - महाभारतमा पनि मंगलबार दारी काट्नु हुन्न भनिएको छ । यस दिनमा दारी काटेमा अशुभ हुने, आफ्नो मृत्युलाई निम्ता दिने र मंगल दोष पनि लाग्न सक्छ । त्यसैले यो बार दारी काट्नु हुँदैन ।

    - दारीसँगै मंगलबार बढेको नङ पनि काट्नु हुँदैन । यसलाई पनि अशुभ मानिएको छ ।

    - मंगलवारको दिनमा मासको दालको सेवन गर्नु हुँदैन । किनकी मासको सम्बन्ध शनिसँग हुन्छ । यसदिनमा मासको दाल सेवन गरेमा शनि र मंगलको संयोगबाट स्वास्थ्यमा नोक्सान पुग्नेछ ।

    - मंगलबार माछाको सेवन गर्नुहुँदैन । यो दिनमा माछाको सेवनबाट बच्चुपर्छ । यसदिनमा माछा खाएमा वा खरिद गरेमा पैसा पानी जस्तै बगेर सकिन्छ ।

    - खाने चीजको साथसाथै मंगलवारको दिनमा श्रृंगारका सामान पनि खरिद गर्नबाट जोगिनु पर्छ । यसले वैवाहिक सम्बन्धमा दरार ल्याउने खतरा बन्न सक्छ । श्रृंगारको सामान खरिद गर्न सोमबार र शुक्रवारको दिन राम्रो मानिएको छ ।

    - मंगलवार रातो रंगको कपडाको प्रयोग गर्नुपर्छ । यसदिनमा कालो रंगको कपडा लगाउनु हुँदैन ।

    - मंगलबारको दिन जमिन खन्नु हुँदैन, किनकी जमिनलाई मंगलपुत्र मानिएको छ । यसैले मंगलबार घरको जग राख्नुको लागि अशुभ मानिन्छ ।

    - यसदिनमा आफु भन्दा ठुला दाईसँग झगडा गर्नु हुँदैन, किनकी मंगल ग्रहको सम्बन्ध ठुलो दाईसँग जोडिएको मानिन्छ । ठुलो दाईसँग विवाद गर्दा मंगल खराब हुने भएकाले भाईको दुर्घटना र कष्टको सामना गर्नुपर्ने हुन्छ ।

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - १४:३८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij