Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित


  • 8.4K
    Shares

    नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

    काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । तर, अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् ।

    ओली नआइपुगे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका छन् । बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो ।

    स्थायी कमिटी बैठकमा हिजो जारी संवैधानिक परिषद् अध्यादेश र दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 

    गएको मंसिर २१ देखि शुरु भएको स्थायी कमिटी बैठक चलिरहेकै अवधिमा ओलीले मंगलबार अध्यादेश ल्याए पछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताको बैठक मंगलबार खुमलटारमा बसेको थियो ।

    गएको माघ २६ को स्थायी कमिटीले गरेको १५ बुँदे निर्णय पालना नभएको भन्दै ओली प्रति पार्टीभित्र असन्तुष्टि बढेको छ ।

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - १३:३८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij