Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

देशभर भेरोसेलको दोस्रो डोज लगाउने अभियान सुरु, यी हुन् काठमाण्डौ महानगरमा तोकिएका खोप केन्द्रहरु !

देशभर भेरोसेलको दोस्रो डोज लगाउने अभियान सुरु, यी हुन् काठमाण्डौ महानगरमा तोकिएका खोप केन्द्रहरु !


  • 4.6K
    Shares

    देशभर भेरोसेलको दोस्रो डोज लगाउने अभियान सुरु, यी हुन् काठमाण्डौ महानगरमा तोकिएका खोप केन्द्रहरु !
    images

    काठमाण्डौ । देशभर कोभिडविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आज साउन २२ गतेबाट सुरु भएको छ। 

    आज बिहान १० बजेबाट दोस्रो डोज अभियान लगाउन अभियान सुरु भएको हो। यो अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ।

    स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सञ्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो। सोहीअनुसार यो अभियान सुरु भएको हो। 

    यस अभियानअन्तर्गत गत असार २९ गतेयता पहिलो डोज लगाएकाहरुले दोस्रो डोज लगाउन पाउनेछन्। भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन सुरु गरिएको हो। 

    दोस्रो डोज खोप लगाउन आउनेले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय ९अनलाइन फारम० दर्ता नम्बर ल्याउनुपर्नेछ। 

    असार २९ गतेदेखि ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो। काठमाण्डौ महानगरपालिकाका ३२ वटै वडामा पनि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दोस्रो डोज लगाउन सकिन्छ।

    काठमाण्डौ महानगरमा तोकिएका खोप केन्द्रहरु तल हेर्नुहोस् :

    2(12).jpg

    3(7).jpg

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - १४:४५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij