Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

प्रुडेन्सियल इन्स्योरेन्समा सेयर स्वामित्व परिमार्जन

प्रुडेन्सियल इन्स्योरेन्समा सेयर स्वामित्व परिमार्जन


  • 4.9K
    Shares

    प्रुडेन्सियल इन्स्योरेन्समा सेयर स्वामित्व परिमार्जन
    images

    काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ।

    कम्पनीले झन्डै १० लाख कित्ता बढी संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको छ।

    योसँगै अब कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ।

    कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। यसअघि कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - १४:१७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij