Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

भदौमा काँग्रेस महाधिवेशन नहुने, सशांकले गरे मंसिरमा गर्ने यस्तो प्रस्ताव

भदौमा काँग्रेस महाधिवेशन नहुने, सशांकले गरे मंसिरमा गर्ने यस्तो प्रस्ताव


  • 5.7K
    Shares

    भदौमा काँग्रेस महाधिवेशन नहुने, सशांकले गरे मंसिरमा गर्ने यस्तो प्रस्ताव
    images

    नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ । काँग्रेस महामन्त्री डा।.सशांक कोइरालाले आज त्यसको खुलासा गरेका हुन् । उनले मंसिरसम्म सम्पन्न हुने गरी नयाँ मिति तोक्नुपर्ने बताए ।

    कोइरालाले यस अघि तोकिएको मितिमै सम्पन्न गर्ने भनेपनि क्रियाशील सदस्यता विवादले त्यो सम्भव नभएको बताए । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसग कुराकानी गर्दै महामन्त्री डा। कोइरालाले तोकिएको मितिमा महाधिवेशन असम्भव भइसकेको बताए ।

    चाँडै केन्द्रीय समितिको बैठक बोलाएर मंसिरसम्ममा गर्नेगरी मिति तोक्नुपर्ने उनको भनाई थियो । महाधिवेशनको मुखमा आएर मिति सार्दा नेता कार्यकर्तामा नैराश्यता छाएकाले चाँडै मिति तोक्न पदाधिकारीको बैठकमा छलफल भइरहेको जानकारी दिए ।

    महाधिवेशन आउनु अघि एक वर्ष अघिनै क्रियाशिल सदस्यताको टुंगो लगाउनुपर्नेमा त्यसो गर्न नसक्नुमा काँग्रेसको कमजोरी रहेको बताए । जिल्ला जिल्लामै विवाद भएकाले समस्या भइरहेको उनको भनाई थियो । महामन्त्री कोइरालाले आफूपनि आगामी महाधिवेशनका लागि सभापतिको उम्मेदवार रहेको भन्दै जित सुनिश्चत गराउन छलफल चलिरहेको बताए ।

    महामन्त्री कोइरालाले आफू सरकारमा सहभागी नहुने प्रष्ट पारे । उनलाई उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने चर्चा थियो ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - १२:१६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij