Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

प्रधानमन्त्री देउवा समक्ष कञ्चनपुरको दक्षिणी क्षेत्रका विविध विषयमा नेता बिष्टद्वारा ६ बुँदे ज्ञापनपत्र बुझाइयो

प्रधानमन्त्री देउवा समक्ष कञ्चनपुरको दक्षिणी क्षेत्रका विविध विषयमा नेता बिष्टद्वारा ६ बुँदे ज्ञापनपत्र बुझाइयो


  • 4.3K
    Shares

    प्रधानमन्त्री देउवा समक्ष कञ्चनपुरको दक्षिणी क्षेत्रका विविध विषयमा नेता बिष्टद्वारा ६ बुँदे ज्ञापनपत्र बुझाइयो
    images

    कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका नेपाली कांग्रेसका नेता एवं महाकाली बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह बिष्टले काठमाडौँ पुगी प्रधानमन्त्री शेर बहादुर देउवालाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

    नेता बिष्टले कञ्चनपुरको दक्षिणी क्षेत्रका केही महत्वपूर्ण वस्तुस्थितिका बारेमा मौखिक छलफलमा अवगत गराउदै ६ बुँदे माग सहितको ध्यानाकर्षण गराएका हुन् ।

    उनले कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पस बनाइदिन र स्नातकोत्तर तहसम्म स्तरोन्नती गरी एम।बि।एस तथा एम.एड.का कक्षा सञ्चालनका लागि अनुमति दिन अनुरोध गरेका छन् ।

    क्याम्पसकै लागि भारतीय राज दूतावासबाट एक थान स्कुल बसको लागि समेत पहल गरिदिन प्रधानमन्त्री देउवालाई अनुरोध गरिएको नेता बिष्टले जानकारी दिए ।

    त्यस्तै, १८ वर्ष मुनि र माथिका विद्यार्थीहरूलाई कोभिड विरुद्धको खोप लगाउन, भूमि आयोग अविलम्ब गठन र भूमिको राजस्व दर कम गर्न, हुलाकी सडक निर्माणलाई तीव्रता, उखु किसानहरूले पाउने ६५ रुपैयाँ प्रतिक्विन्टल अनुदान छिटो उपलब्ध गरिदिन माग लगायतका विषयमा छलफल गरिएको उनले बताए ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - ११:३३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij