Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

जसपा ठाकुर पक्षको विस्तारित बैठक : आज तराईका पाँच जिल्लामा

जसपा ठाकुर पक्षको विस्तारित बैठक : आज तराईका पाँच जिल्लामा


  • 3.9K
    Shares

    जसपा ठाकुर पक्षको विस्तारित बैठक :  आज तराईका पाँच जिल्लामा
    images

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आज देशका पाँच जिल्लामा पार्टीको बिस्तारित बैठक गर्दैछ। आज सप्तरी, सिरहा, महोत्तरी र बारामा विस्तारित बैठकको आयोजना गरिएको छ।

    आज सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा अगुवा कार्यकर्ता भेला गर्न लागिएको जसपाका कार्यकारिणी सदस्य केवश झाले जानकारी दिए। जसपाकै ब्यानरमा कार्यक्रम गर्ने उनको भनाइ छ।

    सिरहाको बैठकलाई अनिलकुमार झा, डा.सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनलगायतले सम्बोधन गर्नेछन् भने सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेशचन्द्र लाल, राजीव झाले सम्बोधन गर्ने कार्यक्रम छ।

    महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउत र बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - ११:१०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij