Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

नेता नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

नेता नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै


  • 3.6K
    Shares

    नेता नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै
    images

    काठमाडौं । नेकपा एमाले नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दै छ । आज बिहान साढे ११ बजेपछि काठमाडौंको एक बैंक्वेटमा बैठकलाई निरन्तरता दिन लागिएको हो ।

    बिहीबार केन्द्रीय कमिटी बैठक बस्न पूर्व स्थायी कमिटी बैठक बन्दै केन्द्रीय कमिटीको बैठकका लागि एजेण्डा तय गरिएको थियो । हिजोको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतबिना पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिसिन जानु राजनीतिक आत्महत्या सरह हुने बताएका थिए ।

    उनले आफू एकता कै पक्षमा रहे पनि सम्मानजनक हैसियतबिना पार्टी एकता सम्भव नहुने तर्क राखेका थिए । त्यसैगरी बैठकमा आफ्ना धारणा राखेका केन्द्रीय सदस्यहरुले भने पार्टी एकता र सरकारमा जाने विषयमा मिश्रित सुझाव दिएका थिए ।

    देशभरबाट बैठकमा सहभागी हुन आएका नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरु उपस्थित थिए । उनीहरुले आफूहरु प्रतिपक्ष बन्ने हो की सत्ता पक्ष भन्ने विषयमा ठोस निष्कर्ष पुग्नु पर्नेमा जोड दिएका थिए ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - १०:५३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij