२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीका सदस्यहरु छलफल गरिरहेका हुन् ।
उक्त समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै छ । केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेन्डाबारे छलफलका लागि स्थायी कमिटी बैठक बसेको हो । पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्न केन्द्रीय कमिटी बस्न लागेको बताइएको छ ।
खनाल–नेपाल समूहले केन्द्रीय कमिटीको बैठक डाकेपछि एमालेको संस्थापन पक्षले आपत्ति जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गर्दै उक्त बैठकमा नजान आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij