Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ दलका शीर्ष नेताको दौडधुप, न्यूनतम साझा कार्यक्रम ‘फाइनल’ गर्ने तयारी

मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ दलका शीर्ष नेताको दौडधुप, न्यूनतम साझा कार्यक्रम ‘फाइनल’ गर्ने तयारी


  • 4.9K
    Shares

    मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ दलका शीर्ष नेताको दौडधुप, न्यूनतम साझा कार्यक्रम ‘फाइनल’ गर्ने तयारी
    images

    काठमाडौं । सत्ता साझेदार दलको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलले सरकार सञ्चालनका न्युनतम साझा कार्यक्रम फाइनल गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ।

    सोही अनुसार आज कार्यदल साझा कार्यक्रम फाइनल गर्ने तयारीमा जुटेको हो। हिजो साँझ बालुवाटारमा बसेको सत्ता साझेदारको शीर्ष नेताहरुले कार्यदलको कामको ब्रिफिङ लिएका थिए। त्यसपछि न्युतनम साझा कार्यक्रम फाइनल गरेरमात्र मन्त्रिपरिषद् विस्तार गर्ने जनाएको थियो।

    सत्ता गठबन्धनको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता पूर्णबहादुर खड्का सहभागी थिए।

    मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलका शीर्ष नेताहरु बिहानैबाट सक्रिय छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच पनि आजै बिहान भेट भएको छ। पछिल्लो समय कांग्रेस सभापति देउवा आफूलाई प्रधानमन्त्री बन्न सघाएको एमालेको नेपाल पक्षको पर्खाईमा रहेको बुझिन्छ।

    नेपालले केही दिनअघि मन्त्रिपरिषद् विस्तारमा एक हप्ता पर्खन आग्रह गरेका थिए। सर्वोच्चको परमादेशपछि असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले आफूसहित ५ मन्त्रिमण्डल सोही दिन गठन गरेका थिए।

    त्यसपछि साउन १२ गते स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरे। हाल सरकारमा कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ सहभागी छन्। त्यसैगरी सरकारमा माओवादीका तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल सहभागी छन्।

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १२:०४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij