Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

डा. जागेश्वरसहित ४ जना स्वास्थ्य अधिकारीको सरुवा रोक्न देउवाले दिए यस्तो निर्देशन

डा. जागेश्वरसहित ४ जना स्वास्थ्य अधिकारीको सरुवा रोक्न देउवाले दिए यस्तो निर्देशन


  • 4.2K
    Shares

    डा. जागेश्वरसहित ४ जना स्वास्थ्य अधिकारीको सरुवा रोक्न देउवाले दिए यस्तो निर्देशन
    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीले गरेको सरुवा कार्यन्वयन नगर्न निर्देशन दिएका छन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रशासकीय अधिकारी प्रा.डा.जागेश्वर गौतमसहित ४ जना स्वास्थ्य अधिकारीको सरुवा रोक्न देउवाले निर्देशन दिएका हुन् । 

    वीरका प्रशासकीय प्रमुख गौतम, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा.रुद्र मरासिनी, सार्क क्षयरोग केन्द्रका विवेकलाल कर्ण र फाजिलमा रहेकी रिता भण्डारी जोशीको सरुवा रोक्न तत्कालका लागि रोकिएको छ । 

    स्वाथ्य मन्त्रालयको राज्यमन्त्री स्तरीय निर्णय गरी चार स्वास्थ्य अधिकारीको सरुवा गरिएको थियो ।  कोभिड–१९ युनिफाइड केन्द्रीय वीर अस्पतालका प्रमुख गौतमलाई परोपकार प्रसूति अस्पतालमा सरुवा गरिएको थियो । वीरको प्रमुखमा डा. मरासिनीलाई लगिएको थियो । 

    भण्डारीलाई सार्क क्षयरोग केन्द्रमा र विवेकलाल कर्णलाई मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी दिइएको थियो । 

    स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार यस विषयमा आफैंले निर्णय गर्ने भन्दै देउवाले सरुवा कार्यान्वयन नगर्न भनेका हुन् । सोमबार सरुवाको निर्णय भएपछि प्रा.डा. गौतम वीर अस्पतालबाट विदा लिएर आज थापाथली जाने तयारीमा थिए । 

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - ११:३७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij